बुर्किनाफासोमा भएको हिंसामा १५ सर्वसाधारण र १२ हतियारधारीको मृत्यु
ओगादुगु । बुर्किनाफासोमा मंगलबार यहाँको अज्ञात बन्दुकधारीहरुको एक समूहले कम्तीमा पनि १५ जना स्थानीय सर्वसाधारण नागरिकको हत्या गरेको बताइएको छ । उत्तरी बुर्किनाफासोको आउडल्याण्ड प्रान्तको आडजाराना भन्ने स्थानमा सो हत्याकाण्ड भएको हो ।
मंगलबार यस गाउँमा आएका ठूलो संख्याका हतियारधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरेर ती गाउँलेको ज्यान लिएका थिए ।त्यस्तै यहाँको उत्तरी राएल क्षेत्रमा यहाँको सैनिकले गरेको कारबाहीमा परेर १२ जना हतियारधारी मारिएका छन् ।
उनीहरु पनि गाउँलेलाई आक्रमण गर्नका लागि सो क्षेत्रमा पुगेका थिए । त्यस क्रममा सेनाले गरेको कारबाहीमा उनीहरु मारिएका हुन् ।मंगलबार बुर्किनाफासोको आउडल्याण्ड प्रान्तको आडजारानामा पुगेका हतियारधारीले गरेको हमलामा मारिएका १५ जना स्थानीय गाउँले रहेका बताइएको छ ।
सो प्रान्तमा केही समय यतादेखि जातिय हिंसा शुरु भएको पाइएको छ ।त्यस हिंसामा परेर एक हजार भन्दा बढी नागरिकको ज्यान गएको छ भने अरु लाखौँ जनता त्यहाँबाट विस्थापित भएका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment