स्मार्टको सस्तो भारत प्याक सार्वजनिक

डिसी नेपाल
८ जेठ २०७८ २०:४८

काठमाडौं । स्मार्ट टेलिकमले भारतमा फोन गर्नका लागि सस्तो प्याक सार्वजनिक गरेको छ । जसअनुसार, १ दिनमा १० मिनेटको प्याकेज लिँदा प्रतिमिनेट १.८८ रुपैयाँ शुल्क तोकिएको छ ।

त्यस्तै, १ दिनमा ७० मिनेटको प्याक लिँदा प्रतिमिनेट १.८० रुपैयाँ तोकिएको छ भने ७ दिनमा ७० मिनेटको प्याकेजका लागि १.७८ रुपैयाँ तथा ३० दिनको लागि २२० मिनेटको प्याक लिदा १.७४ रुपैयाँ प्रतिमिनेट शुल्क तोकिएको स्मार्टले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *