रीमा श्रेष्ठको ‘निष्ठुरी नसम्झाको म्यूजिक भिडियो सार्वजनिक (भिडियो)

डिसी नेपाल
११ जेठ २०७८ २०:०९
128
Shares

काठमाडौं। गीतकार रीमा श्रेष्ठको मीठो शब्दमा गायक कर्ण वीरको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘निष्ठुरी नसम्झ’ म्यूजिक भिडियो सर्वाजनिक गरिएको छ। डिजिटल प्लेटफर्म यूट्युबको ‘नौलो डीजीटल’ च्यानलमार्फत म्यूजिक भिडियो सार्वजनिक गरिएको हो।

गीतमा दर्जनौं लोकप्रिय गीतमा संगीत भरी सकेका संगीतकार अम्बर तुमबापो सुब्बा जीको संगीत रहेको छ भने संगीत संयोजन रिदम कँडेलले गरेका हुन्।

३ दशकदेखि अमेरिकामा बस्दै आएकी रीमा श्रेष्ठ पेशाले आईटी म्यानेजमेन्टमा रहे पनि नेपाली सांगीतिक उँचाइमा एउटा ईंटा थप्ने कोसिसमा छिन्। उनी ‘अधुरो सपना’ नामक गीति एल्बम पनि बजारमा ल्याउॅंदै छिन्।

येलेन मगरको छाँयाकनमा रहेको यस म्यूजिक भिडियोलाई निर्देशन एकान्त मगरले गरेका हुन्। म्यूजिक भिडियोमा गायक कर्ण वीर स्वयम र मनिषा कार्कीले मोडलिङ गरेका छन्। कर्ण वीर चर्चित गायक, गीतकार र मोडल पनि हुन्।

संगीतकार न्ह्यू बज्राचार्य, संगीतकार अनुप रेग्मी र येदिन गजमेरहरूसंग पनि काम गरिसकेकी रीमा श्रेष्ठ, अन्य एल्बम र गीतको तयारीमा पनि छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *