केही दिनभित्र हामीले खोप प्राप्त गर्छौँः स्वास्थ्यमन्त्री

डिसी नेपाल
१२ जेठ २०७८ १७:२२
1.6k
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालले अबको केही दिनभित्र खोप प्राप्त गर्ने बताएका छन् ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्री त्रिपाठीले भने, ‘जहाँ जसरी जे प्राप्त हुन्छ हामीलाई अनुकुल हुने खोप ल्याउनुपर्यो भनेर प्रधानमन्त्रीको निर्देशन थियो।, म आम नेपाली दाजुभाई दिदिबहिनीहरुलाई जानकारी दिन चाहान्छु खोप उत्पादक देशहरूसँग सरकारले घनीभूत संवादमा छ, कहीँ त हामी एकदम निकटमा पनि पुगिसकेका छौँ र केही दिनभित्र हामी खोप प्राप्त गर्छौँ ।’

मन्त्री त्रीपाठीले अहिले भइरहेको निषेधाज्ञा नागरिकलाई दुख दिन नभई संक्रमण नियन्त्रणका लागि गरिएकाले यसलाई सकारात्मक लिन आग्रह गरेका छन् । हालको बिषम पस्थितिमा सबै एकजुट भई अघी बढ्नुपर्ने पनि उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.