चीनलाई खोप सहयोग गर्न उपप्रधानमन्त्री पोखरेलको आग्रह
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसविरुद्धको खोप सहयोग गरिदिन चिनियाँ कम्युनिष्ट पार्टीसँग आग्रह गरेका छन्। प्रमुख राजनीतिक दल र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको भर्चुअल बैठकमा उनले पार्टीका विदेश विभाग प्रमुख सोङ तावोसँग खोप सहयोगका लागि आग्रह गरेको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।
नेकपा (एमाले)का महासचिव पोखरेलले खोपका लागि दुई देशबीच ठोस सहकार्यको जरुरत रहेकामा जोड दिए । यसअघि चीनले कोभिड–१९ विरुद्ध भेरोसेल खोप आठ लाख मात्रा नेपाललाई अनुदानस्वरुप उपलब्ध गराइसकेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment