भाग्यमा भएपछि फ्याँकिदिँदा पनि यसरी फर्किएर घरमै आयो ११ करोड रुपैयाँ

डिसी नेपाल
१३ जेठ २०७८ १४:०१

काठमाडौं। भाग्यमा भएको कुरा जसरी पनि हात लाग्छ भन्ने कुरा अमेरिकाकी एक महिलाको भाग्यलाई देख्दा पत्याउन कर लाग्छ । यी महिलाले १ मिलियन डलर (११ करोड ६७ लाख रुपैयाँ) बराबरको लट्रीको टिकट डस्टबिनमा फालिदिएकी थिइन् । तर, १० दिनपछि त्यो टिकट घुमिफिरी उनकै हातमा आयो । अमेरिकाको म्यासाचुसेट्समा भएको यो घटना अहिले निकै चर्चामा छ ।

डेलीमेलको रिपोर्टअनुसार ली रोज फिएगा नामकी यी महिलाले साउथविकमा लक्की स्टप स्टोरबाट ३० मिलियन डलरको स्क्र्याच अफ टिकट किनेकी थिइन् । त्यस दिन उनी हतारमा थिइन् त्यसैले उनले टिकट स्क्र्याच गरेर हेरिन् । उनलाई आफूलाई पुरस्कार नपरेको जस्तो लाग्यो त्यसपछि उनी त्यो टिकटलाई फ्याँकिदिन भनेर पसलेलाई दिइन् र बाहिर निस्किन् । त्यसपछि त्यो टिकट १० दिनसम्म पसलको डस्टबिनमा रह्यो ।

१० दिनपछि पसलेका छोरा अभि शाहले त्यो टिकट पूरा स्क्र्याच नगरिएको पाएपछि उनले त्यसलाई पूरै स्क्र्याच गरेर हेरे । त्यो नम्बर विजेता थियो । डब्लुडब्लुएलपी टिभीसँग कुरा गर्दै अभिले भने ‘मैले स्क्रयाच गरेर हेर्दाै त्यो टिकटले १ किलियन डलर जितेको थियो । मलाई याद थियो मेरी आमा अरुणाले यो टिकट ली नामकी महिलालाई बेच्नुभएको थियो ।’ अभिलाई यी महिलाको बारेमा यसकारण पनि याद थियो किनकि ली उनकी नियमित ग्राहक थिइन् ।

त्यसपछि अभिले लीको घरमै गएर उनलाई १ मिलियन डलर पुरस्कार गरेको जानकारी दिए । सबै कुरा थाहा पाएपछि ली निकै भावुक भइन् । उनले भनिन् ‘मलाई लाग्दैनथ्यो कि आधुनिक समयमा पनि कसैले यस्तो इमान्दारी देखाउँछ । म आफूलाई निकै भाग्यशाली महसुस गरिरहेकी छु । यो घटना भाइरल भएपछि स्टेट लट्री कमिशनले पसलेलाई पनि १० हजार डलर दिएको छ । यसका अलावा लीको परिवारले पनि उनीहरुलाई उपहार दिने योजना बनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *