दैनिक ज्याला मजदूरी गर्ने व्यक्तिलाई निःशुल्क खाना

डिसी नेपाल
१३ जेठ २०७८ १४:२५
40
Shares

काठमाडौं । निषेधाज्ञालाई मध्यनगर गरी वाग्मती प्रदेशको राजधानी हेटौँडामा रोटरी क्लब अफ मकवानपुरले निःशुल्क खाना खुवाउन थालेको छ । निषेधाज्ञाका कारण विपन्न तथा दैनिक ज्याला मजदुरी गर्ने व्यक्ति भोको बस्न नपरोस् भनी उक्त समुदायलाई लक्ष्य गरी रोटरीले निःशुल्क खाना खुवाउन शुरु गरेको हो ।

कोभिड–१९ को असहज परिस्थितिलाई मध्यनगर गर्दै दैनिक गुजारा चलाएर खान खानेहरुका लागि मध्यनजर गरी दैनकरूपमा निःशुल्क खाना शुरुआत् गरिएको रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष काविन साङ्गामीले जानकारी दिए ।

रोटरी क्लबका निर्देशक शुक्रराज जोशीको संयोजकत्वमा निःशुल्क खाना खुवाउने कार्यको शुरुआत गरिएको हो । बुधबार हुप्रचौरमा ४२, हेटौँडा अस्पतालमा ३५ र हेटौँडा–१० स्थित गोरक्षेश्वरधाममा सात गरी कूल ८४ जनाले खाना खाएका छन् । रोटरी क्लब अफ मकवानपुरले निषेधाज्ञा अवधिभर बिहानको एक छाक निःशुल्क खाना खुवाइएको अध्यक्ष साङ्गामीले बताए ।

निःशुल्क खाना खुवाउने कार्यक्रमलाई सघाउन हेटौँडा–२ पिपलबोटका व्यवसायी प्रदीप बज्राचार्यले १० हजार एक, गोरखापत्र दैनिकका हेटौँडा संवाददाता राममणि दाहालले पाँच हजार, महालक्ष्मी विकास बैंकको कमाने शाखाका प्रबन्धक रोशन सेन गुप्ताले दुई हजार, रोटरी क्लब अफ मकवानपुरका सदस्य डा.डोजेद्र बस्नेत र डा.स्वेच्छा शाहले संयुक्तरूपमा पाँच हजार, हेटौडा–४, स्कुलरोडका राहुल गुप्ताले एक दिनका लागि आवश्यक खाना राख्ने प्लास्टिक तथा कागजका सामग्री, एपी पेपर इण्डष्ट्रिज प्रालिका सञ्चालक विजयकुमार श्रेष्ठले एक हजार थान कागजका प्लेट सहयोग गरेका छन् ।

स्वास्थ्य सामग्री सहयोग

वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका–६ मा रहेको स्वास्थ्यचौकीलाई अक्सिजन कन्सनट्रेटर, मास्क, ग्लोल्बस (सर्जिकल पञ्जा)लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

उपमहानगरपालिका–६ मा निर्माणाधीन सिद्धस्थली सामुदायिक अस्पतालले उक्त स्वास्थ्यचौकीलाई एक थान कन्सनट्रेटर, तीन थान मास्क, एक थान सर्जिकल पञ्जा सहयोग गरेको हो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *