आर्थिक वर्ष सकिन डेढ महिना बाँकी रहँदा अर्थमन्त्रीले भने ‘आर्थिक वृद्धिको लक्ष्य भेट्न चुनौतिपूर्ण’
काठमाडौं। चालु आर्थिक वर्ष सकिन अब डेढ महिना बाँकी रहँदा सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न चुनौतिपूर्ण रहेको बताएका छन्।
आर्थिक सर्वेक्षण २०७७÷७८ सार्वजनिक कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले कोभिड १९ ले अर्थतन्त्रमा प्रतिकुल असर पारेको भन्दै ४ दशमलव १ प्रतिशतको लक्ष्य भेट्न मुस्किल रहेको बताएका हुन्।
यसअघि नेपालको २०७६÷७७ मा आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशत ले ऋणात्मक थियो।
अर्थतन्त्र बृद्धिदरले निषेधाज्ञा अघिसम्म गति लिए पनि निषेधाज्ञापछि स्थिति चुनौतीपूर्ण रहेको उनको भनाइ थियो।
सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धि लक्ष्य ७ प्रतिशत राखेको थियो। केन्द्रीय तथ्याङ्क विभागले भने ४ दशमलव १ प्रतिशत हुने संशोधित अनुमान गरेको थियो।
यस्तै अर्थसचिव शिशिरकुमार ढुंगानाले सबै आर्थिक सूचकहरु भने सकारात्मक रहेको बताएका छन।
No ads found for this position


डिसी नेपाल
Facebook Comment