अमेरिका र चीनबाट ५० \५० लाख डोज खोप खरिद गर्ने सरकारको तयारी
काठमाडौं । सरकारले चीन र अमेरिकाबाट कोरोनाविरुद्धको खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन र अमेरिकाबाट ५० \५० लाख डोज खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् ।
स्वास्थ्य पत्रकार मञ्चले खोपबारे आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा मन्त्री ज्ञवालीले यो वर्षको अन्त्यसम्म लक्षित समूहलाई खोप दिनका लागि खरिद प्रक्रिया अघि बढाइसकेको जानकारी दिए । उनले चीनको सिनोफार्मसँग पहिलो चरणमा ५० लाख र अमेरिकी खोप उत्पादन कम्पनी जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज खोप खरिद प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
यसैगरी कोभिशिल्डको उत्पादनकर्ता सेरमले यो वर्षको अन्त्यसम्म कुनै पनि देशलाई खोप निर्यात नगर्ने घोषणा गरेपनि आफुहरुले १७ लाख डोज कोभिशिल्ड उपलव्ध गराउन भारतसँग आग्रह गरेको उनले बताए।
झण्डै १४ लाख व्यक्तिले कोभिशिल्डको दोस्रो मात्रा लगाउन बाँकी रहेका छन् । फागुन २३ गतेपछि कोभिशिल्ड लगाएका व्यक्तिहरुले अबको एक हप्ताभित्रै दोस्रो खोप लगाउनुपर्ने हुन्छ । कोभिशिल्ड ८ हप्तापछि १२ हप्ता भित्र लगाउनुपर्ने भएपनि पछिल्लो पटक १६ हप्तासम्म लगाउनमिल्ने भनेकाले सोही अनुसार तयारी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतबाट खोप नआउने परिस्थितीमा जर्मनी, बेलायत र अमेरिकासँग पत्राचार भएको पनि मन्त्री ज्ञवालीले जानकारी दिए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment