विपन्न परिवारलाई खाद्यान्न वितरण

डिसी नेपाल
१४ जेठ २०७८ १८:०२
16
Shares

डोटी । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दी (निषेधाज्ञा) का कारण जिल्लामा विपन्न परिवारलाई छाक टार्न मुस्किल भएपछि थ्रिडिभिएल क्रियशन टिम नामक एक गैरसरकारी संस्थाले जिल्लामा खाद्यान्न वितरण गर्ने कार्य शुरु गरेको छ ।

उक्त संस्थाले आदर्श गाउँपालिका–२ बाबनकाँडाबाट अभियानको शुरुआत गरेको छ । सो वडामा आर्थिक अवस्था कमजोर भएका, खाद्यान्न अभाव भएका १० विपन्न परिवारलाई चामल वितरण गरिएको राहत कार्यक्रमका संयोजक खेमराज ओझाले जानकारी दिए । अभियानका क्रममा प्रतिपरिवार २५÷२५ किलो चामल वितरण गरिएको हो । सो गाउँपालिकाका सातवटै वडामा उक्त कार्यक्रम सञ्चालन गरिने भएको छ ।

महामारीको समयमा सामाजिक सञ्जालबाट शुरु गरिएको राहत वितरण अभियानमा विभिन्न व्यक्तिले सहयोग गर्दै आएको रकमबाट उक्त खाद्यान्न वितरण गरिएको बताइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *