रणनीतिक र स्थानीय सडक ३३ हजार किलोमिटर पुग्दा कालोपत्र सडक १५ हजार किलोमिटर

डिसी नेपाल
१५ जेठ २०७८ ९:१७
56
Shares

काठमाडौं। देशभर रणनीतिक र स्थानीय सडक सञ्जाल ३३ हजार ५२८ किलोटिर पुगेको छ। अर्थमन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार रणनीतिक र स्थानीय सडक सञ्जाल ३३ हजार ५२८ किलोमिटर पुगेको हो।

जसमा कालोपत्रे १५ हजार ९७४ किलोमिटर, ग्राभेल ८ हजार ५८२ किलोमिटर र कच्ची सडक ८ हजार ९७२ किलोमिटर छ।

२०७७ असारसम्म कालोपत्रे १५ हजार ४२४ किलोमिटर, ग्राभेल ८ हजार ६२२ किलोमिटर, कच्ची सडक ९ हजार १९८ किलोमिटर गरी ३३ हजार २४४ किलोमिटर निर्माण सम्पन्न भएको छ।

२०७७ असारसम्म ३६५ किलोमिटर कच्ची सडक (नयाँ), ७६३ किलोमिटर ग्राभेल र ७२९ किलोमिटर कालोपत्रे सडक निर्माण भएको थियो । २०७७ फागुनसम्म २८४ किलोमिटर कच्ची सडक (नयाँ), ५०४ किलोमिटर ग्राभेल र ५५० किलोमिटर कालोपत्रे सडक निर्माण भएको छ।

यस्तै सडक विभागमार्फत् चालु आर्थिक वर्षको फागुनसम्म १२९ वटा पुल निर्माण सम्पन्न भएका छन्। २०७७ अससम्म २१० वटा नयाँ पुल निर्माण भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.