काठमाडाैंमा साझाका १०० वटा बिद्युतीय बस सञ्चालनमा ल्याइने, देशभरमा ५०० चार्जिङ स्टेशन
काठमाडौं। स्वच्छ एवम् वातावरणमैत्री विकासलाई प्रोत्साहन गर्नको लागि सरकारले विद्युतिय सवारी साधनमा जोड दिने भएको छ। आर्थिक बर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै शनिबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक बर्षमा काठमाण्डौ उपत्यकामा साझा यातायात मार्फत १०० वटा बिद्युतिय बस सञ्चालनमा ल्याइने बताए।
साथै देशका प्रमुख शहरहरुले बिद्युतिय बस सञ्चालनका लागि प्रोत्साहन गर्ने र देशभरीमा ५०० चार्जिङ स्टेशन बनाउने योजना समेत बजेटमा समेटिएको छ।
साथै बजेटमा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने हलुका सवारी साधनलाई बिक्रम संवत २०८८ सम्म विद्युतिय सवारी साधनले विस्थापन गर्ने लक्ष्य राखिएको छ।
त्यसका लागि आवश्यक नीति अबलम्बन गर्न, आवश्यक छुट र पूर्वाधार निमार्णका लागि विषेज्ञसहितको टोली गठन गरिने उनले बताए।
यस्तै सरकारले पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतिय सवारी साधनमा रुपान्तरण गरेमा ५ वर्षसम्म नविकरण शुल्क र सडक निमार्ण तथा संभार कर छुट दिने जनाएको छ।







डिसी नेपाल







Facebook Comment