एक हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने
काठमाडौं। आगामी आर्थिक वर्ष भित्रमा सरकारी तथा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाबाट एक हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ। सरकारी लगानीमा निर्माणाधिन माथिल्लो तामाकोशी, रसुवागढी, राहुघाटलगायत आयोजना तथा निजी क्षेत्रले निर्माण गरिरहेका परियोजनाबाट उक्त परिमाणमा बिजुली जाडिनेछ।
अर्थमन्त्री विष्णुप्रसाद पौडलले शनिबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सरकारी तथा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनालाई शीघ्र सम्पन्न गर्न प्रोत्साहित गर्ने उल्लेख छ। यस्तै सरकारले अर्धजलाशय र जलाशयुक्त आयोजना निर्माणलाई समेत विशेष प्राथमिकतामा राखेको छ। आगामी आवभित्र ४३ जिल्लामा पूर्णरूपमा विद्युतीकरण गरी उज्यालो नेपाल निर्माणलाई एउटा निष्कर्षमा पु¥याउने विषयलाई बजेटले महत्वका साथ समावेश गरेको छ।
सरकारले ऊर्जा क्षेत्रका लागि कूल रु एक खर्ब २१ अर्ब ९७ करोड बराबरको बजेट विनियोजन गरेको अर्थमन्त्री पौडेलले जानकारी दिए। ऊर्जा दक्षता कार्यक्रमलाई समावेश गरिएको छ भने विपन्न नागरिकको घरमा निशुल्क रुपमा विद्युत् जडान गर्ने कार्यक्रम समेटिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment