सर्वोच्चको फैसला कुर्दै नेपाल समूह

डिसी नेपाल
१८ जेठ २०७८ ८:४३
768
Shares

काठमाडौं। एमालेले पार्टीबाट निष्कासन गरेपछि माधव नेपाल–झलनाथ खनाल पक्ष नयाँ दल निर्माणका लागि आन्तरिक छलफलमा जुटेको छ।

नेपाल पक्षका नेता बेदुराम भुसालले भरसक पार्टीभित्रै आन्तरिक संघर्ष गर्ने तर ओलीले पार्टीभित्र बस्न नदिए एमालेलाई नै पुनर्गठन गरेर जाने बताए। उनले अहिले तत्कालै नयाँ पार्टी बनाउनेबारेमा कुनै सोच नभएको दाबी गरे। तर नेता नेपालले भने आन्तरिक छलफलमा नयाँ दल निर्माण गर्नेबारेमा सबैलाई जानकारी गराइसकेका छन्।

नेपालले ओलीसँग सम्पर्कमा रहेका आफूनिकटका नेतालाई एक हप्ताभित्र आफ्नो ‘पोजिसन क्लियर’ गर्न आग्रह गरिसकेका छन्। ‘गोकर्ण बिष्टलगायतका नेतालाई ओलीसँगको कुराकानी के हो, एक हप्ताभित्र छिनोफानो गरेर आउनू भनी ९नेपालले० आग्रह गरिसक्नुभएको छ’, उनी निकट स्रोतले भन्यो।

नेपाल पक्षका बिष्टसहित, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई अझै पनि पार्टीको विवाद समाधान गरेर जानुपर्छ भन्ने पक्षमा छन्। आन्तरिक विवाद समाधानका लागि बनेको कार्यदल कायमै रहेकाले सोही मार्फत विवाद समाधान गर्नुपर्ने धारणा बिष्टसहितका नेताको छ। नागरिक दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *