एमाले स्थायी कमिटी बैठक बस्दै, १२ जना नेतामाथि कारवाही हुन सक्ने

डिसी नेपाल
१८ जेठ २०७८ ९:५७
140
Shares

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ। अहिले ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा लुम्बिनी प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा पार्टीले व्यहाेराेकाे पराजय, माधव नेपाल पक्षले विपक्षी गठबन्धनका उम्मेद्वारलाइ मत दिएकाे लगायतका विषयमा छलफल हुनेछ।

यसैगरी बैठकमा शनिबार अध्यादेशमार्फत् ल्याइएको बजेटको समीक्षा तथा पार्टीको आन्तरिक वातावरणबारे छलफल हुने छ। बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको र उनीहरुलाई के कारबाही गर्ने भन्ने बारेमा पनि निर्णय हुन सक्ने बताइएकाे छ।

स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *