गायक प्रमोदको ‘हारेको मुर्दा जीवन’ सार्वजनिक
काठमाडौं । गायक प्रमोद निर्वाणको हारेको मुर्दा जीवन सार्वजनिक भएको छ। आफ्नै यूट्युव च्यानलमार्फत उनले उक्त गीत सार्वजनिक गरेका हुन्।
संगीत र स्वर प्रमोदको रहेको उक्त गीतको शब्द लेखन किशोर घिमिरेले गरेका हुन्। संगीत सम्पादन सुनिल वर्देवाले गरेका छन्। गायक प्रमोदाका भन्ने मायाका कुरा भनिसके, हृदयले तिमिलाईलगायतका गीतहरु बजारमा छन्।
‘हारेको मुर्दा जीवन, उडेको आत्मा, आत्तिएको मन्, समसानको किनारमा एक्लो आज, साथछोडी जान लागे याद आउछ्’ लगायतका भावुक शब्दहरु गीतमा प्रस्तुत गरिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment