इलाम समाज बेलायतद्वारा गृह जिल्लालाई स्वास्थ सामग्री सहयोग

डिसी नेपाल
२० जेठ २०७८ ७:४१
64
Shares

इलाम । इलाम समाज बेलायतले आफ्नो गृह जिल्लालाई रु १४ लाख बराबरको स्वास्थ सामग्री सहयोग गरेके छ। जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाका लागि प्रत्येकलाई दुई/दुई थान अक्सिजन कन्सन्ट्रेटर र १०/१० थान अक्सिमिटर प्रदान गरिएको संस्थाका अध्यक्ष प्रमिला लाबुङ राईले बताइन्।

बेलायतको नेपाली समुदायले नेपालकै लागि गरिरहेको सहयोगलाई समन्वयकारी भूमिका निर्वाह गरिरहेको नेपाली राजदूतावास लण्डनमार्फत समाजले पठाउन खोजेको २० थान अक्सिजन कन्सन्ट्रेटर र १०० थान अक्सिमिटर बेलायतबाट नेपाल पठाउने प्रबन्ध मिलाउने अध्यक्ष राईले जानकारी दिइन्। राजधानीबाट इलामसम्म पु¥याएर वितरण गर्ने जिम्मा भने सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले लिएका छन्।

जिल्लामा आइपर्ने विभिन्न दैवीप्रकोपदेखि सीमान्तकृत परिवारलाई आर्थिक एंव अन्य सामग्री सहयोग गर्दै आएको समाजले बेलायतमा छुट्टै परिचय बनाएको छ। परोपकारी कामबाहेक जिल्लालाई पर्यटकीय स्थलका रूपमा परिचित गराउन ‘इलाम हाम्रो पहिचान’ नामक जिल्लाका विभिन्न धार्मिक, सांस्कृतिक, प्राकृतिक स्थल र सम्पदा अनि विशेष व्यक्तित्वहरुलाई समेटेर वृत्तचित्रसमेत तयार पारेको राईले बताइन्।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *