जनताको फोनमा सरकारको म्यासेज – ‘कृपया कोरोनाको खोप किन्न सरकारलाई पैसा दिनुस्’

डिसी नेपाल
२२ जेठ २०७८ १७:३६
832
Shares

काठमाडौं। कोरोनाभाइरसको महामारी फैलिइरहेको यो समयमा जनताको स्वास्थ्यको रक्षा गर्नु सरकारको जिम्मेवारी मानिन्छ । नेपालसहित कैयौं देशका सरकारले थोरै परिमाणमै भए पनि जनतालाई निःशुल्क खोप उपलब्ध गराइरहेका छन् । यसका लागि सरकारले अन्य कामको लागि छुट्याइएको बजेट स्थानान्तरण गरेर प्रयोग गरेका छन् । तर, भियतनामको सरकारले भने खोप किन्नका लागि जनतासँग पैसा मागेको छ । त्यहाँका ठूलो संख्याका जनताको फोनमा म्यासेज गएका छन् जसमा खोप किन्नका लागि सरकारलाई पैसा दिन आग्रह गरिएको छ ।

द सनको एक रिपोर्टअनुसार अहिले भियतनाममा सबैभन्दा घातक तरिकाले भाइरस संक्रमण फैलिएको छ । भियतनाममा भएका कूल संक्रमणको ६० प्रतिशत पछिल्लो महिना मात्र भएका हुन् । यससँगै अधिकारीहरुले सामूहिक रुपमा जनतालाई म्यासेज पठाएका छन् जसमा सरकारको ७ लाख ७९ हजार पाउण्ड बराबरको कोभिड–१९ भ्याक्सिन कोषको लागि जनस्तरबाट आर्थिक सहयोग गर्न आग्रह गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.