कर्मचारीको पेन्सन अब सिधै व्यक्तिगत खातामा
काठमाडौं। राष्ट्र सेवक कर्मचारीको पेन्सन अब सिधै व्यक्तिगत बैंक खातामा जम्मा हुने भएको छ। यो सिस्टम आइतबारदेखि लागु भएको छ। महालेखा नियन्त्रका कार्यालयले आइतबार एक सूचना जारी गर्दै मासिक निवृत्तभरण रकम विद्युतीय हस्तान्तरणमार्फत् सिधै सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा हुने प्रणाली लागु भएको जनाएको छ।
यो सेवाबाट निजामती, प्रहरी जङ्गी र शिक्षकतर्फ २ लाख ७६ हजार सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरू प्रत्यक्ष लाभान्वित हुने महालेखा नियन्त्रकको कार्यालयले जनाएके छ।
यसअघि पेन्सन पट्टा बनाएर बैंकमा गएर पेन्सनको रकम आफ्नो खातामा ट्रान्सफर गर्नुपर्ने झन्झटिलो व्यवस्था थियो।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment