आजकाे माैसम : पहाडी भूभागमा मेघगर्जनसहित वर्षाको सम्भवाना
काठमाडौं। आज देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भवाना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार ति स्थानहरुमा चट्याङको पनि सम्भवाना रहेको छ।
तीनदिनको अनुमानित बुलेटिन जारी गर्दै पूर्वानुमान महाशाखाले देशमा स्थानीय, पूर्वीय र पश्चिमा वायुको सामान्य प्रभाव रहेको बताएको छ।
बुलेटिनमा भनिएको छ, ‘ सोमबार दिउँसो प्रदेश १,२ लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।’
यस्तै रातीमा पनि पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ। प्रदेश १, २, बागमती प्रदेश, गण्डकीका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा को सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment