डाँका मुद्धाका फरार प्रतिवादी ३८ वर्ष पछि पक्राउ

डिसी नेपाल
२५ जेठ २०७८ १८:१३
44
Shares

कञ्चनपुर । डाँका मुद्धाका फरार प्रतिवादी बेलौरी नगरपालिका २ का ५५ वर्षीय चन्द्रकान्त भनिने लालबहादुर लुहारलाई प्रहरीले ३८ वर्ष पछि आज पक्राउ गरेको छ । घरमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले लुहारलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार लुहारले विसं २०४० सालमा लारी डिष्टीलरी बेलौरीबाट अन्त शुःल्क वाफतको सरकारी रकम लक्ष्मीपुर पुर्नवास स्थीत राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गर्न जाने क्रममा बन्दुक लगायतको हातहतियार देखाई लुटपाट गरेका थिए ।

कञ्चनपुर जिल्ला अदालतको विसं २०४२ सालको फैसला अनुसार लुहारलाई ३ वर्ष १ महिना १५ दिन कैद सजाय तोकिएको थियो । वारदात देखि लुहार फरार रहदै आएका थिए । पक्राउ परेका लुहारलाई कञ्चनपुर जिल्ला अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *