सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारउन्मोख
काठमाण्डौं। वाङ्मय शताब्दी पुरुष एवम् वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी बिरामी परेपछि अस्पताल भर्ना गरिएको छ। बुधबार छातीमा केही असहज महसुस भएपछि उनलाई ग्वार्को ललितपुर स्थित किष्ट अस्पतालमा भर्ना गरिएको थियो।
उनको स्वास्थ्यमा उल्लेख्य सुधार आइ अहिले अवस्था सामान्य रहेको उपचारमा संलग्न डाक्टरले जानकारी दिएका छन। उनको श्वासप्रश्वास र रक्तचाप सबै सामान्य रहेको र स्वास्थ्यमा सुधार हुँदै गएकोले केही दिनमा नै डिसचार्ज गर्ने अस्पतालले जनाएको छ।
उनको सम्पूर्ण उपचारको जिम्मा किष्ट अस्पतालले लिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment