कविता : पवन

डिसी नेपाल
२९ जेठ २०७८ ८:३७
168
Shares

कुनै पनि पल
कुनै पनि क्षण
म आईपुग्न सक्छु
तिम्रै समिपमा
बोकेर प्रेमको सुभाष
पवन बनेर

शरदको सेतो च्याँदर माथि
विछ्याएर राता गुलाबका केशराहरु
टहल्नेछन दुई जोडी नयन

निल गगनका ताराहरु हेर्दै
धड्कनको सङ्गितमा
गुनगुनाउदै प्रेमगीत
आफैमा हराएको बेला
एक भै बग्न सक्छन दुइटा नदी
झुकेर छुन सक्छ आकाशले
धर्ती

त्यति नै बेला
उभाएर जूनका किरणहरु
भरेर अन्जुली
पोखिन सक्छन अधरहरुमा
छताछुल्ल प्रेम
खहरेले मेटाउन सक्छ आफ्नो प्यास
नदीले भेटाउन सक्छ सागर
खुशीले बोक्नेछन पातहरुले मोती
नृत्य गर्नेछन विहानी पहिलो किरणमा

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *