प्रधानन्यायाधीश राणा तिकडममा रमाउने व्यक्ति : पूर्वप्रधानन्यायाधीश पराजुली (भिडियोसहित)

डिसी नेपाल
२९ जेठ २०७८ १०:४४

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा यतिबेला नेपालभित्र र बाहिर फेरि एकपटक सबैको नजरमा परेका छन् संसद पुनःस्थापनाको मुद्धा, त्यससम्बन्धमा उनले शुरु गठन गरेको संबैधानिक इजलास र तीब्र विरोधपछि गठन गर्न वाध्य हुनुपरेको अर्को संबैधानिक इजलासका कारण।

कस्तो फैशला आउने हो? ओलीसँग सेटिङ मिलाएको, सत्तामा भागवण्डा लिएको आरोपसमेत खेपिरहनुपरेका बेला एकजना पूर्वप्रधानन्यायाधीशले उनी प्रधानन्यायाधीश राणामाथि ‘तिकडममा रमाउने’ भन्दै गम्भीर आरोप लगाएका छन् । उनले राणा अनुचित हिमचिममा फसेको आरोप पनि लगाएका छन्।

डिसी नेपालको अमेरिकाबाट प्रसारित हुने ‘द ब्रिज टक’ मा प्रस्तोता अर्जुन दाहालसँग प्रत्यक्ष कुराकानी गर्दै पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले त्यस्तो आरोप लगाएका हुन्।

प्रधानन्यायाधीशले जे जति काम कारवाही अवान्छित गर्नु भएको छ, अनुचित हिमचिममा फस्नु भएको छ, त्यहीकारण न्यायालय विवादमा परेको छ। ‘कमजोर मानसिकताले, तिकडममा रमाउनेले, अरुका छत्रछाँयामा बसेकाले जुडिसियरी हाँक्न सक्दैन, अहिले त्यस्तै भएको छ।

पराजुलीले अरुको छत्रछाँयामा चलेको आरोप पनि प्रधानन्यायाधीश राणामाथि लगाएका छन्। तर, उनले कसकाे छत्रछायाँमा राणा चलेका छन् भन्ने कुरा भने कुराकानीका क्रममा प्रष्ट पारेका छैनन्। पराजुलीले भनेका छन्, ‘प्रधानन्यायाधीशले जे जति काम कारवाही अवान्छित गर्नु भएको छ, अनुचित हिमचिममा फस्नु भएको छ, त्यहीकारण न्यायालय विवादमा परेको छ।’

उनले राणाजस्ता व्यक्तिबाट न्यायपालिका(जुडिसियरी) हाक्न नसक्ने दावी गर्ने क्रममा भने, ‘कमजोर मानसिकताले, तिकडममा रमाउनेले, अरुका छत्रछाँयामा बसेकाले जुडिसियरी हाँक्न सक्दैन, अहिले त्यस्तै भएको छ।’ उनले विचौलिया र सेटिङका कुरा गर्दै नगरौं भन्दै यी काम व्यपाकरुपमा भएको आशय पनि अन्तर्वार्ताका क्रममा बताएका छन्।

उनले प्रधानन्यायाधीशले षड्यन्त्र गरेको आरोप पनि लगाए । उनको कार्याकालको अन्त्यमा भएको किचलोको प्रसंगमा गरिएको प्रश्नको उत्तर दिँदै उनले भने, अहिलेकै प्रधानन्यायाधीशले साजिस(षड्यन्त्र) गर्नु भो, त्यो उहाँकै विरुद्ध अहिले दोहोरिँदै छ।’

आफूलाई पदावधि सकिएको पत्र दिएर न्यायालयभित्र कू गरेर न्यायालय कब्जा गर्ने प्रयास भएको आरोप लगाउँदै त्यहीबाट न्यायालय समाप्त भएको दावी पनि अन्तर्वार्ताका क्रममा पराजुलीले गरेका छन्। उनले प्रधानन्यायाधीशले सरकारसंग मिलेर भाग खोज्नु नहुने भन्दै संबैधानिक नियुक्तिमा राणाले भागवण्डा गरेको पनि बताए।

बाघ हुल बाँधेर हिँड्दैन

पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, र सुशीला कार्की समूह बनाएर अदालतमा परेको मुद्धाका बारेमा बक्तव्य जारी गरेको प्रसंगमा पूर्वप्रधानन्याधाशी पराजुलीले  बाघले कहिले पनि हुल बाँधेर नहिड्ने बताए।

उनले भने, ‘कमजोरहरुले मात्र हुल बाँधेर हिड्ने हो।’ हाल संबैधानिक इजलासमा रहेका चारजना न्यायाधीशहरु नियुक्ति गर्नेले यसरी बक्तव्य दिँदा आफैंले नियुक्ति गरेका न्यायाधीशमा प्रभाव पर्न सक्ने र त्यसले न्याय नहुनेतर्फ सचेत रहन पनि उनले आग्रह गरेका छन्।

मलाई ग्लानी छ

पराजुलीलाई उनको कार्यकालमा जथाभावी बरिष्ठ अधिबक्ता पद्वी दिलाएकोमा भएको आलोचनाबारे सोधिएको प्रश्नमा आफूलाई सो कार्य भएकोमा ग्लानी महसुस भएको बताएका छन्।

मापदण्ड बनाएर नामावली पेश भइसकेपछि फेरि १९ जना न्यायाधीशहरुबीच छलफल हुँदा आआफ्नो तर्फबाट मान्छे थप गर्दा धेरै वकिलहरुले बरिष्ठ अधिबक्ताको उपाधि पाएको र त्यसमध्ये केहीको योग्यताबारे प्रश्न उठेको प्रसंग उल्लेख गर्दै उनले सो विषयमा आफूलाई ग्लानी महसुस भएको बताएका हुन्।

अहिलेको संबैधानिक इजलास, सर्बोच्चमा न्यायाधीशकै बेन्च बहिष्कार, संविधान संशोधन, जनताको मुद्धा पन्छाएर रिटमात्र हेरेकोजस्ता विषयमा पूर्वप्रधानन्यायाधीश पराजुलीले अन्तर्वार्ताका क्रममा निकै खरो टिप्पणी गरेका छन् ।

पूर्वप्रधानन्यायाधी पराजुलीसँगकाे भिडियाे संवाद:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *