सलमान खानको फिल्म राधे हलमा रिलिज, पहिलो दिनको कमाइ ६ हजार १७ रुपैयाँ ८६ पैसा

डिसी नेपाल
३० जेठ २०७८ १२:३६

काठमाडौं। बलिउड अभिनेता सलमान खान स्टारर फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाइ’ सिनेमाघरमा रिलिज भएको छ । फिल्मले रिलिजको पहिलो दिन ६ हजार १७ रुपैयाँ ८६ पैसा कमाइ गरेको छ । १३ मेमा पे पर भ्यू सर्भिस जीप्लेक्समा रिलिज भएको यो फिल्मले त्यतिबेला कोरोनाभाइरस संक्रमण तीब्र भएका कारण हल पाउन सकेको थिएन । अहिले महाराष्ट्र सरकारले कोरोना कर्फ्यु खुकुलो पारेर राज्यभर सिनेमा हल खोल्ने अनुमति दिएपछि सलमानको फिल्म राधेले हल पाएको हो ।

मुम्बइका दुई सिनेमाघरमा सलमानको फिल्म राधे ठूलो पर्दामा देखाइँदैछ । मालेगांवस्थित ड्राइभ इन सिनेमा र औरंगाबाद स्टारर खिनवासरा सिनेप्लेक्समा यो फिल्म प्रदर्शन भइरहेको छ । फिल्मको वितरण कम्पनी जी स्टुडियोले सामाजिक संजालमा केही तस्वीर शेयर गरेको छ । तस्वीरमा मालेगांवको ड्राइभ इनमा दर्शकहरु गाडीमा बसेर राधे फिल्म हेरिरहेका देख्न सकिन्छन् । जानकारीअनुसार मालेगांवमा फिल्मको राती साढे ७ र साढे ९ गरी २ शो र खिनवासरा सिनेप्लेक्समा दिउँसो १२ बजे, ३ बजे, सवा ६ बजे र साढे ९ बजे गरी ४ शो प्रदर्शन भइरहेको छ ।

 

View this post on Instagram

 

A post shared by Zee Studios (@zeestudiosofficial)

बलिउड हंगामाले ड्राइभ इन सिनेमाका मालिक तुषार तिषागेलाई उद्धृत गर्दै लेखेअनुसार शुक्रबार राती साढे ७ बजेको शो २२ जनाले गाडीमा बसेर तथा ४० जनाले कुर्सीमा बसेर हेरे । साढे ९ बजेको शोमा भने दर्शन नआएपछि शो रद्द भयो । खिनवासरा सिनेप्लेक्सका म्यानेजर सुहास कोटेचाका अनुसार उनको हलमा शुक्रबार सबै ४ शोको गरी केवल २२ टिकट बिकेका थिए ।

रिपोर्टमा ट्रेडका सूत्रको हवाला दिँदै बताइएअनुसार मालेगांवको ड्राइभ इन सिनेमाले शुक्रबार ३ हजार ५९७ रुपैयाँ ८६ पैसा कमाएको छ । खिनवासरा सिनेप्लेक्सले २ हजार ४२० रुपैयाँ कमाएको छ । सबै गरी शुक्रबार फिल्मको कूल कमाइ ६ हजार १७ रुपैयाँ ८६ पैसा भयो । १३ मेका दिन ओटीटीमा रिलिज भएको फिल्म त्यतिबेला त्रिपुरा राज्यमा ३ वटा सिनेमा हलमा मात्र रिलिज भएको थियो । त्रिपुरा बंगलादेशभन्दा पनि पूर्वमा पर्ने भारतीय राज्य हो । त्यहाँको कमाइ पनि जोड्ने हो भने फिल्मले हलबाट ६९ हजार २६५ रुपैयाँ ८६ पैसा कमाइ गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *