रुपन्देहीमा अक्सिजन प्लान्ट

डिसी नेपाल
३० जेठ २०७८ १८:४७
28
Shares

बुटवल । लिक्विड अक्सिजन प्लान्ट निर्माण रुपन्देहीको सेमरहवामा आजदेखि शुरु भएको छ । रोहिणी गाउँपालिका वडा नम्बर ४, मा निर्माण कार्य शुरु गर्न लागेको शङ्कर अक्सिजन ग्यास उद्योग प्रालीको प्रधानमन्त्री केपी शर्मा ओलीले आज भर्चुअल माध्यमबाट शुभारम्भ गरे ।

सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले अक्सिजनमा आत्मनिर्भर कायम गर्ने प्रयासको प्रशंसा गर्दै अक्सिजन प्लान्ट स्थापना गर्न आयात गर्नुपर्ने उपकरणमा कर, भन्सार छुट तथा सहुलियत कर्जाको प्रवन्ध सरकारले कार्यान्वयनमा ल्याएको उल्लेख गरे । सो अवसरमा पूर्व स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले सङ्कटको समयमा अक्सिजनको विषयमा सरकार, सरकारी निकाय र समाजका सबै अङ्गहरूको सामूहिक प्रयासले नै यसलाई समाधान गरिएको बताए ।

लुम्विनी प्रदेशका जनसङ्ख्य तथा स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले प्रदेश सरकारले उपलब्ध गराउने सहुलियत उपलब्ध हुने बताए । उद्योगका सञ्चालक एवम् प्रवन्ध निर्देशक शङ्कर अग्रवालले रु १ अर्बको लगानीमा उद्योग सञ्चालन गरी करिब १ वर्षमा निर्माण काम सम्पन्न गरी यसलाई बजारमा पठाउने लक्ष्य राखिएको बताए ।

प्लान्टबाट ६० टन लिक्विड अक्सिजन र १ टन नाइट्रोजन ग्याँस प्रतिदिन उत्पादन गर्न सकिनेछ । लागत, ढुवानी लगायतको खर्चमा कमि हुने भएकोले सामान्य अक्सिजन ग्याँसभन्दा यो ग्यासको मूल्य कम पर्ने उद्योगका प्रवन्धक शम्भु भण्डारीले जानकारी दिए । कार्यक्रम अघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले उद्योगको अवलोकन गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *