सेयर बजारमा सामान्य गिरावट, साढे १६ अर्बको कारोबार
काठमाडौं। साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ३.७२ अंकले घटेको छ। यो सँगै परिसूचक ३ हजार २२ अंकमा रोक्कियर बन्द भएको छ।
मंगलबार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। यस दिन १६ अर्ब ५२ करोड रुपैयाँभन्दा धेरै रकमको कारोबार भएको छ। यसअघि सोमबार १८ अर्ब ८८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
यस दिन ३ कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ। सिइडिबी हाइड्रोपावर, खानीखोला र युनियन हाइड्रोपावरको मूल्य पनि १० प्रतिशतको हाराहारीमा बढेको हो।
यस्तै छ्याङ्दी हाइड्रोपावरको सबैभन्दा धेरै ७.६ तथा लिबर्टी इनर्जीको मूल्य ७ प्रतिशतले घटेको छ। यस दिन कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको ७६ करोडको कारोबार भयो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment