बरुण धवन पिता बने, फ्यानहरूसँग सोधे – ‘के नाम राखौं ?’

डिसी नेपाल
१ असार २०७८ १७:१९

काठमाडौं। बलिउड अभिनेता बरुण धवन सामाजिक संजालमा गरेका पोस्टका कारण चर्चामा रहन्छन् । बरुणले आफ्नो बिहेको बेलामा पनि चर्चा बटुलेका थिए । उनले २४ जनवरी २०२१ मा आफ्नी गर्लफ्रेण्ड नताशा दलालसँग बिहे गरेका थिए । अलिबागको बिच रिसोर्ट द मेन्सन हाउसमा उनीहरुको विवाह भएको थियो । त्यतिबेलादेखि बरुणले प्रायः केही न केही सामाजिक संजालमा सेयर गरिरहन्छन् । अब बरुणले सामाजिक संजालमार्फत आफू पिता बनेको जानकारी दिएका छन् । बरुणको यो पोस्ट अहिले चर्चामा छ ।

 

View this post on Instagram

 

A post shared by VarunDhawan (@varundvn)

बरुणले इन्स्टाग्राममा एउटा भिडियो शेयर गरेका छन् । भिडियोमा बरुण एउटा कुकुरको बच्चासँग खेलिरहेका देखिन्छन् । भिडियो शेयर गर्दै बरुणले क्याप्सन लेखेका छन् ‘फदरहुड । मैले अहिलेसम्म आफ्नो केटाको नाम राख्न सकेको छैन । कृपया सहयोग गर्नुस् ।’ कमेन्टमा बलिउड सेलिब्रेटी र फ्यानहरुले बरुणलाई बधाइ दिइरहेका छन् । बरुण अफ अमर कौशिकको निर्देशनमा बनेको फिल्म भेडियामा देखिँदैछन् । फिल्ममा उनीसँग अभिनेत्री कृति सेनन हुनेछिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *