त्रिशूली अस्पतालमा आइसियु शैय्या विस्तार

डिसी नेपाल
१ असार २०७८ २२:१०
16
Shares

नुवाकोट । कोभिड–१९ संक्रमणबाट विरामी भएकाको उपचारमा सक्रिय त्रिशूली अस्पतालमा आइसियु÷एचडियु शैय्या विस्तार गरिएको छ ।

नुवाकोट, धादिङ र रसुवाका कोरोना संक्रमितको उपचार गर्दै आएको अस्पतालमा आजदेखि आइसियु÷एचडियु शैय्या विस्तार गरिएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डले जानकारी दिए । डा. पाण्डेका अनुसार विरामीको चाप बढिरहेकोले आइसियु÷एचडियुको १० श्यया थप गरेर २० पु¥याइएको छ । सात वटा भेन्टिलेटरसहित र आइसियु श्यया रहेकोमा बढाएर १२ श्यया पु¥याइएको छ । चार वटा एचडियुलाई थप गरेर आठ पु¥याइएकोे छ ।

सो अस्पतालमा अहिले ४४ जना कोरोना संक्रमितको उपचार हुँदैछ । कोरोनाको पहिलो लहरमा एक जनाको ज्यान गएको नुवाकोटमा दोस्रो लहर आएपछि थप ३१ जनाको ज्यान गइसकेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा पछिल्ला दिनका पनि कोरोना संक्रमण घट्न सकेको छैन । आज ८७ जना नयाँ संक्रमित भएसँगै जिल्लामा हाल एक हजार एक सय ४८ जना सक्रिय संक्रमित रहेका छन् । बजारक्षेत्रमा भन्दा ग्रामीण भेगमा नयाँ संक्रमित धेरै थपिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *