हेलम्बुमा सडकसँगै टेलिफाेन पनि अवरूद्ध

डिसी नेपाल
२ असार २०७८ ९:३५
4
Shares

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बुमा मंगलबार साँझ आएको बाढी र पहिरोका कारण टेलिफोन सेवा पनि अवरुद्ध भएको छ। वडा नं. १ का अध्यक्ष मिङमार लामा र वडा नं. ५ का अध्यक्ष हर्कबहादुर तामाङका अनुसार गाउँमा कसैको पनि टेलिफोन लाग्न सकेको छैन।

‘म हिजा नै गाउँपालिकाको कार्यालय आएको भएर यतै छु’, वडा नं. १ का अध्यक्ष लामाले भने, ‘गाउँमा जान हिडिरहेको छु। मलाई हिडेर जान २ घण्टा लाग्छ होला। गाउँमा कसैको पनि फोन लागेको छैन। सायद टेलिफोन सेवा अवरुद्ध भयो होला।’

यस्तै वडा नं. ५ का वडा अध्यक्ष तामाङ पनि काठमाडौंमा भएकाले उनको टेलिफोन सम्पर्क हुन सकेको छ। उनी पनि अघिले गाउँ जाने तयारीमा छन्। आज फोन सम्पर्क कसैसँग पनि हुन नसकेकाले क्षतिबारे जानकारी नभएको उनको भनाइ छ।

‘हिजो बेलुकी भएको कुराकानी अनुसार झण्डै ५० जना भन्दा बढी बेपत्ता भएका थिए।’ तामाङले भने, ‘आज फोन लागेको छैन। त्यसैले अपडेट हुन सकिएको छैन।’

वडा नं. १ का वडाअध्यक्ष लामाले अहिलेसम्म एउटामात्र झोलुङ्गेपुल बचेको अरु सबै फुल खोलाले बगाएको जानकारी दिए। उनले भने, ‘मेलम्चीको सुरुङमा बढी क्षेति भएको हुन सक्छ। मेरो वडाबाट पनि ४ जनालाई बगाएको भन्ने सुनेको छु। म गएपछि नै सबै जानकारी आउँछ।’

मोटर जाने र झोलुङ्गे सबै पुलहरु बगाएकोले गाउँसँग रोडको सम्बन्ध छुटेको उनको भनाइ छ। पुलहरू नभएकाले उद्दारका लागि गएकाे शसत्र र प्रहरीकाे टाेली पनि फर्किनु परेकाे वडाअध्यक्ष लामाले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *