सिन्धुपाल्चाेकाे बाढीले हाेटलकाे छतमा अलपत्र परेका २ जनाकाे सेनाद्वारा उद्दार

डिसी नेपाल
२ असार २०७८ १०:३८
1.7k
Shares

काठमाडौं । मेलम्ची बजारस्थित होटलको छतमा फसेका २ जनालाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ। हेलिकप्टर र डोरीको सहयाताले उद्धार गरेको नेपाली सेनाले जनाएको छ।

मंगलबार आएको बाढीका कारण चारैतिरबाट घेरिएको होटल रोजको छतमा उनीहरु अलपत्र परेका थिए। उक्त होटलको तेश्रो तलासम्म डुबानमा परेको छ।

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरसहित विशेष तालिमप्राप्त टोली खटाइएको जानकारी दिए।

मंगलबार आएको बाढी तथा पहिरोले उक्त क्षेत्रको सडक यातायात अवरुद्ध गरेको छ। भने नेपाली सेनाको टोली, नेपाल प्रहरी र सशत्र प्रहरीले उद्धार गरिरहेको छ।

अहिलेसम्म ५० भन्दा बढी व्यक्तिहरु बेपत्ता भएका छन्। नदिनमा पानीको बहाब कम नभएकाले र सडकबाट जाने बाटो नभएकाले एकिन क्षेतिको विवरण आउन नसकेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *