गण्डक ब्यारेजमा सबै ३६ ढोका खोलियो, नवलपरासीको दक्षिणी भेगका वस्तीमा बाढी पस्यो
काठमाडौं। मनसुन शुरु भएसँगै परहेको अविल वर्षापछि आएको बाढीले जलस्तर खतराको विन्दुमा पुगेपछि गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको छ। नवलपरासी (बर्दघाट पश्चिम)का प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जलस्तर बढेपछि ब्यारेजको ढोका खोलिएको जानकारी दिए।
उनका अनुसार अहिले सो ब्यारेजबाट ४ लाख १२ हजार क्युसेक पानी बगिहरेको छ। प्रजिअ मिश्रले जिल्लामा बाढीबाट कुनै क्षति भने भइनसकेको जानकारी दिए।
तर, जिल्ला केही दक्षिणी भेगका वस्तीहरुमा बाढी पसेको सूचना आफूले पाएको उनले बताए। उनका अनुसार पालही ननन्दन गाउँपालिका, सरावल गाउँपालिका, प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिकाका दक्षिणी भेगमा रहेका बस्तीहरुमा बाढी पसेको छ।
झरही र धनेवा खोलामा जलस्तर बढ्ने अनुमान गरिएको र त्यस्तो अवस्था आए उद्धार गर्न उद्धार टोली तयारी अवस्थमा रहेको प्रजिअ मिश्रले जानकारी दिए। उनले डिसी नेपालसँग फोनमा भने, ‘कुनै स्थानमा उद्धार गर्नुपर्ने अवस्था आयो भने हामी १० मिनेट भित्रै पुग्ने गरी तयारी अवस्थामा बसेका छौं।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment