चौध देशका ३० वटा चलचित्रहरु अनलाइनबाटै प्रदर्शन हुने

डिसी नेपाल
३ असार २०७८ ८:१२

बाल्टिमोर, अमेरिका । चौध देशका ३० वटा चलचित्रहरु प्रदर्शन गर्दै नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सब अनलाइनमै गरिने भएको छ । आयोजक पूर्णसिंह बराइलीले दिएको जनाकारीअनुसार, कार्यक्रम अमेरिकी पूर्वीय समयअनुसार, जुन १७ तारिक सांझ उद्घाटन गरिने र जुनको २० तारिकसम्म चल्ने तय भएको छ ।

कोरोना महामारीका कारण गतबर्ष स्थगित गरिएको भए पनि त्यसअघिका बर्षहरुमा यो कार्यक्रम अमेरिकाको मेरिल्याण्ड राज्यमा भौतिकरुपमै सहभागीहरुको उपस्थितिमा गरिंदै आएको थियो ।

आयोजक बराइलीका अनुसार,जुनको १७ तारिक बिहिबार साँझ भर्चुअल रुपमा चलचित्र महोत्सवको उद्घाटन भएर २० तारिक आइतबार साँझ समापन समारोह तथा पुरस्कार वितरण हुनेछ  । महोत्सव अवधिभर स्मार्ट फोन,आइप्याड, कम्प्युटर, ल्याबटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एप मार्फत निशुल्क हेर्न सकिनेछ । प्रदर्शन भएका चलचित्रबारे दर्शक र चलचित्र निर्माता–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिने छ । प्रतिष्पर्धाका लागि छानिएका उत्कृष्ट चलचित्रहरुलाई पुरस्कृत पनि गरिनेछ ।

चलचित्र महोत्सव २०२१ का लागि ६ जना महिलाहरुको निर्णायक मण्डलले उत्कृष्ट चलचित्रहरुको पुरस्कार घोषणा गर्नेछ ।  नेपालबाट रम्यता लिम्बु, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमानते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब जुरीको रुपमा रहेका छन् । महोत्सवमा आवेदन परेका चलचित्रहरुलाई फिल्म सोसाइटीको चलचित्र छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको थियो ।

कोरोना संक्रमणका कारण २०२० को महोत्सव स्थगित भएता पनि साउथ एसियन फिल्म फेस्टिवलहरुको नेटवर्कमा कोसाफको आयोजना भएको थियो। २०२१ को संस्करण भने भर्चुअल रुपमा हुदैछ। निशुल्क चलचित्र हेर्नको लागि लिंक: https://nafilmsociety.org/

https://watch.eventive.org/naiffmaryland2021

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *