जीवन विकास लघुवित्तको आईपीयो असार ११ गतेदेखि
काठमाडौं। जीवन विकास लघुवित्तले असार ११ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो।
जसअनुसार लघुवित्तले १०० रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आइपीओ बिक्री गर्न लागेको हो।
यसमध्ये ३० हजार ४२० कित्ता कर्मचारी र अर्थात् ९८ हजार ८६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याईएको छ ।
बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ताको लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन्। आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ। यस आइपीओमा असार १५ गतेसम्म आवेदन दिन सकिने छ।
लघुवित्तको आइपीयोमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिने छ। यसको बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ।
प्रतिक्रिया
Facebook Comment