उपमयेरसहित कांग्रेस जनप्रतिनिधिबाट कामनपाको नगरपरिषद् बहिष्कार

डिसी नेपाल
३ असार २०७८ १३:५४
116
Shares

काठमाडौं। नेपाली काग्रेसबाट निर्वाचित उपमेयरसहित जनप्रतिनिधिले काठमाडौं महानगरपालिकाको नगरपरिषद् बहिष्कार गरेका छन्। महानगरले नीति तथा कार्यक्रम कार्यपालिका बोर्डबाट पारित नगरी नगरपरिषद्मा लैजान खोजिएको भन्दै परिद् बहिस्कार गरेका हुन।

नगरपरिषद्को बैठक आज ११ बजेकालागि बोलाइएको थियो। नीति तथा कार्यक्रम ल्याउने बैधानिक बाटो छल्न खोजिएको का्रग्रेस जनप्रतिनिधिहरुको आरोप छ। उनीहरुले नगरबासीलाई निःशुल्क खोप दिने र कर घटाउने आफ्नो प्रस्ताबलाई बाइपास गरिएको आरोप कांग्रेसको छ।

१४ जना वडा अध्यक्षहरुसमेत काग्रेसबाट निर्वाचित भए पनि नगरपरिषद्मा एमालेको बहुमत भएका कारण एकलौटी ढंगले नीति तथा कार्यक्रम ल्याउन खोजिएको कांग्रेसको आरोप छ। कार्यपालिकाबाट पारित भएको नीति तथा कार्यक्रममात्र नगरपरिषद्मा पेश गर्ने कानूनी व्यवस्था रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.