गृहमन्त्री अधिकारी र भारतीय राजदूत क्वात्राबीच भेट
काठमाडौं। गृहमन्त्री खगराज अधिकारीसँग काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेट गरेका छन्। गृहमन्त्रालयमा विहीबार राजदूत क्वात्राले मन्त्री अधिकारीसँग भेट गरेको मन्त्रालयले जनाएको छ।
सो भेटका अवसरमा नेपालमा आएको बाढी पहिरो, कोरोनाविरुद्धको खोपका बारेमा पनि कुराकानी भएको छ।
यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाबीच विहीबार छलफल भउको छ। सिंहदरवारस्थित अर्थमन्त्रालयमा सो भेट भएको हो। भेटमा बाढी पहिरो पीडितको राहत तथा उद्धारबारे छलफल भएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment