जसपा उपेन्द्र पक्ष आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने
काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का उपेन्द्र यादव पक्षले आधिकारिकता दाबी गर्न निर्वाचन आयोगमा जाने निर्णय गरेको छ।
बिहीबार काठमाडौंमा बसेको सो पक्षको कार्यकारिणी बैठकले आधिकारिकता दावी गर्न नागरिकतासहित बहुमत सदस्यहरु निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको हो ।
पार्टीको विवाद हल गर्नका लागि आफूहरुको दिएको निवेदनपछि आयोगले कानूनको अर्कै प्रावधान अनुसार आउन सुझाव दिएको भन्दै आधिकारिताका बारेमा टुङ्गो लगाउन निर्वाचन आयोग जाने निर्णय गरिएको जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले जानकारी दिए। उनले आफूहरुसँग स्पष्ट बहुमत रहेको र आफूहरु नै आधिकारिक भएको जिकिर गरे।
बैठकले सरकारमा सहभागी ९ मन्त्रीलाई कारबाही गर्ने निर्णय गरेको छ ।
आफूहरुको झण्डा र लोगो अर्को पक्षले अनाधिकृत रुपमा प्रयोग गरेको भन्दै धारा ४३ र ४४ अनुसार आयोगमा जाने उहाको भनाइ छ। अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि आधिकारिकता दाबी गरेको छ। दु
वै अध्यक्षले एक अर्कालाई कारबाही गरेका छन्। दुवैले कारबाही गरेको सूचना अद्यावधिक गर्न निर्वाचन आयोगले अस्वीकार गरिसकेको छ । त्यस्तै बैठकले पार्टीको संगठनलाई सुदृढिकरण र जनपरिचालन गर्नका लागि अभियान चलाउने बिषयमा सात सदस्य कार्यदल गठन गरिएको भट्टराईले बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment