प्रदेश प्रमुख झा र पूर्वनगरप्रमुख मिश्रको भेटघाट

डिसी नेपाल
४ असार २०७८ २१:५९

धनुषा । प्रदेश नं २ का प्रमुख डा. राजेश अहिराजले जनकपुरधाम उपमहानगरपालिकाका पूर्वप्रमुख राजदेव मिश्रसँग भेटघाट गरेका छन् ।

प्रदेश प्रमुख झाले आज पूर्वनगरप्रमुख मिश्रको निजी निवासमा पुगेर भेटघाट गरेका हुन् । भेटमा उनले मिश्रको स्वास्थ्यस्थितिबारे जानकारी लिए । पूर्वनगर प्रमुख मिश्रको उच्च विचार र सदाचारी जीवनबाट आफूले धेरै कुरा सिक्न सक्ने उनले बताए । भेटमा उनले ज्येष्ठ नागरिकको समस्याका बारेमा पनि मिश्रसँग छलफल गरेका थिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *