चाँगुनारायण र मध्यपुरद्वारा मेलम्ची र हेलम्बुलाई सहयोग

डिसी नेपाल
५ असार २०७८ १०:०३

भक्तपुर । चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाले बाढी र डुवानबाट प्रभावितको उद्धार तथा राहतका लागि सिन्धुपाल्चोकका मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गरेका छन्।

चाँगुनारायण नगरपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले मेलम्ची नगरपालिकालाई १० लाख र हेलम्बु गाउँपालिकालाई पाँच लाख दिने निर्णय गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए। नगरप्रमुख मिश्र र उपप्रमुख बिना बास्तोलाको टोली आजै मेचम्ची जानु भएको छ।

त्यसैगरी मध्यपुरथिमि नगरपालिकाले पनि मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई २२ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले विपद्मा परेको दुई पालिकाका नागरिकको उद्घार र राहत वितरणमा टेवा पुरयाउन रकम दिने निर्णय गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।

नगरपालिकाले मेलम्चीलाई ११ लाख ११ हजार १११ र हेलम्बुलाई ११ लाख ११ हजार १११ गरि २२ लाख २२ हजार २२ सहयोग गर्ने निर्णय अनुसार रकम बैँक मार्फत पठाउने उनले जानकारी दिए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *