मुस्ताङको एक भिडियो, डब्ल्यूएचओ प्रमुखले शेयर गर्दै भनेः यिनीहरुलाई पनि खोप नदिने ?

डिसी नेपाल
५ असार २०७८ १९:१०
14.1k
Shares

काठमाडौं। विश्व स्वास्थ्य संगठनका प्रमुख ट्रेडोस अधानामले शनिबार नेपालको एक भिडियो शेयर गरेका छन्। उनले मुस्ताङमा स्वास्थ्यकर्मीले भ्याक्सिन खोला तराउँदै गरेको भिडियो शेयर गरेका हुन्। भिडियोमा दुबैतर्फ रहेका स्वास्थ्यकर्मीले काठको सहयोगमा भ्याक्सिन बक्स नदी तारेको देख्न सकिन्छ।

खोलामा बाढी आएको बेला खोला तर्न नसकेपछि स्वास्थ्यकर्मीले काठमा भ्याक्सिन बक्स सारेर खोला तारेको भिडियो शेयर गदै डब्ल्यूएचओका महानिर्देशक ट्रेडोसले स्वास्थ्यकर्मी हिरो भएको उल्लेख गर्दै यिनीहरुले पनि कोरोनाविरुद्धको खोप पाउन नसकेको भन्दै चिन्ता प्रकट गरेका छन्। कोरोना महामारीको दोस्रो लहरको चपेटामा परेको नेपालमा हाल बाढीलेसमेत समस्या थपेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *