सेयर बजारमा ६३ अंकको गिरावट, जलविद्युत कम्पनीका लगानीकर्ताले धेरै गुमाए
काठमाडौं। साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा भारी अंकको गिरावट आएको छ। आइतबार नेप्से परिसूचक ६३.२८ अंकले घटेर २९ सय ५.१४ अंकमा रोकिएको छ।
आइतबार कारोबार रकममा पनि गिरावट आएको छ। यस दिन २ सय ३१ कम्पनीको ११ अर्ब ८१ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
२ सय ३१ कम्पनीहरुको कारोबार हुँदा १७ कम्पनीको मूल्य मात्रै बढेको छ भने अरु २ सय १४ कम्पनीको सेयर मूल्य घटेको छ।
जलविद्युत समूह १०१ अंकले घटेको छ। बैंकिङ ३५, ब्यापार ९८, होटल तथा पर्यटन ८८, विकास बैंक १६५, फाइनान्स ८०, निर्जीवन बीमा २७९, उत्पादन १४९, अन्य ५१, माइक्रोफाइनान्स ११७ र जीवन बीमा समूह ३१० अंकले घटेका छन्।
यस दिन युनियन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ। त्यस्तै श्री इन्भेष्टमेन्ट फाइनान्सको मूल्य ८.८ प्रतिशतले घटेको छ।
बजार राताम्मे भए पनि केही कम्पनीका लगानीकर्ताले भने कमाएका छन। यस दिन कुमारी बैंकको संस्थापक समूहको मूल्य सबैभन्दा धेरै ८.६ प्रतिशतले बढेको छ। त्यस्तै गोर्खा फाइनान्सको मूल्य ८ प्रतिशतले बढेको छ।
यस दिन सबैभन्दा धेरै जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन। नेप्सेले जारी गरेको बोर्डको विज्ञप्तिमा ‘जोखिमयुक्त’ मा सुचिकृतमध्ये आधा कम्पनी जलविद्युत कम्पनीहरु छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment