मनाङेले भेटे प्रचण्डलाई
काठमाडौं। गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका छन्। मन्त्री मनाङे प्रचण्डसँग भेटका लागि प्रचण्ड निवास खुमलटार पुगेका थिए।
मनाङेले सामाजिक सञ्जालमा प्रचण्डसँगको भेटको तस्वीर सार्वजिक गर्दै वृहत छलफल भएको बताएका छन्। मनाङेले मन्त्री रहँदै तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ‘धोका’ दिएपछि उनको सरकार विश्वासको मत लिन असफल भएको थियो।
पृथ्वीसुब्बा नेतृत्वको एमाले सरकार ढलेपछि बनजेको गठबन्धन सरकारमा मनाङे पनि मन्त्री बनेका छन्। तर, उनले मन्त्रालय भने पाइसकेका छैनन्। उनले आन्तरिक मामिला मन्त्रालयमा दावी गरिरहेको चर्चा छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment