कवाडी उठाउनेले एकैपटक ३ वटा हेलिकप्टर ल्याएपछि फोटो खिचाउनेको लाइन !

डिसी नेपाल
९ असार २०७८ १४:३६

काठमाडौं। बिग्रिएका, भाँचिएका सामानहरु पुनः प्रयोगका लागि किनेर लैजाने कवाडीवालाले एक्कासी ३ वटा हेलिकप्टर ल्याएको देखेपछि मानिसहरु चकित नपर्ने कुरै भएन । भारतको पंजाबको मानसा सहरमा यस्तै भएको छ । यहाँका एक कवाडीवालाले एकैचोटी ३ वटा हेलिकप्टर ल्याएपछि त्यहाँ हेर्ने र फोटो खिचाउनेको भिड लागेको छ ।

पंजाबको मानसाका ती कवाडीवालाले भारतीय वायुसेनाका ६ वटा कंडम हेलिकप्टर किनेका थिए । तीमध्ये २ वटा मानसामा ल्याएर राखेका छन् । अहिले यिनै हेलिकप्टर हेर्न मानिसहरुको लाइन लागेको भारतीय मिडियाले जनाएका छन् । यी हेलिकप्टरको तौल १० टन प्रति हेलिकप्टर छ र यी हेलिकप्टर लिलामीको माध्यमबाट बेचिएका हुन् ।

६ हेलिकप्टरमध्ये एउटा मुम्बइका कुनै ग्हकले किनेर लिएर गए । २ वटा हेलिकप्टर लुधियानाका एक व्यक्तिले किनेर लिएर गए । बाँकी ३ हेलिकप्टर मानसामा राखिएका छन् । मानसामा राखिएका यी हेलिकप्टर मानिसहरुको आकर्षणको केन्द्र बनेका छन् ।

यी हेलिकप्टर मानसाका मिट्ठु कबाडियाले किनेका हुन् । मिट्ठु कबाडिया त्यस क्षेत्रमा कवाडी उठाउने कामका लागि प्रसिद्ध छन् । भारतीय सेनाका ग्राउण्डेड हेलिकप्टरहरु कवाडीमा किनेर मिट्ठु तीन वटा हेलिकप्टर लिएर मानसा पुगेपछि त्यहाँ हेर्ने मानिसहरुको भिड लागेको थियो ।

पूरै सहरका मानिसहरुले हेलिकप्टर भित्र र बाहिर उभिएर फोटो खिचाउन थाले । सारा सहरका मानिसहरु खुसी भएको देख्दा कवाडीवालाको अनुहारमा पनि खुसी देखिनथ्यो । सहरमा एकातिर यी हेलिकप्टर मनोरन्जनका साधन बनेका छन् भने कवाडी परिवारका लागि पनि फाइदाको वस्तु बनेका छन् । होटल र पर्यटकीय क्षेत्रमा यी हेलिकप्टर राखेर मान्छे तान्ने काम पनि भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *