देउवा निवासमा विपक्षी गठबन्धनको बैठक जारी
काठमाडौं। काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा विपक्षी गठबन्धनको बैठक जारी छ। बैठकमा काँग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेमा समानान्तर गतिविधि गरिरहेका वरिष्ठ नेता माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई अवैध ठहर गरेपछिको उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको नेताहरुले बताएका छन्।
मन्त्रिपरिषदका मन्त्रीहरु पदमुक्त भएपछि प्रधानमन्त्री ओलीले कुनै कदम चाल्न सक्ने आशंकाका बीच विपक्षी गठबन्धनको बैठक बसेको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment