३३ तस्वीरमा हेर्नुहोस् अमेरिकाको मियामीमा १५९ जना बेपत्ता हुनेगरी भवन भत्किएपछिको अवस्था

डिसी नेपाल
१२ असार २०७८ १४:२३
896
Shares

काठमाडौं। अमेरिकाको मियामीमा १२ तलाको एउटा भवन भत्किँदा १५९ जना पुरिएर हराइरहेका छन् । ४ जनाको मृत्यु भएको पुष्टि भएको छ । उद्धारकर्ताहरुले भग्नावशेषमा पुरिएकाहरुको मृत्यु भइसकेको हुन सक्ने आशंका गरेका छन् । तैपनि भग्नावशेषभित्र कोही जीवितै फेला पर्न सक्ने आशामा उद्धारकर्ताहरुले सावधानीपूर्वक अवशेषभित्र जीवनको संकेत खोजिरहेको मियामी हेराल्डले लेखेको छ । रिपोर्टका अनुसार उद्धारकर्ताहरुले सावधानीपूर्व उद्धार कार्य यो सप्ताहान्तसम्म जारी राख्नेछन् । तर, यो मिशन अब उद्धारबाट शवको खोजीमा परिणत हुने संकेत देखिएका छन् ।

हेराल्डका अनुसार १२ तले भवन भत्किएको ३६ घण्टा बितिसक्दा पनि अहिलेसम्म कसैलाई पनि भग्नावशेषभित्रबाट जीवितै निकालिएको छैन । जीवित मानिसहरु खोजी गर्न प्रशिक्षित कुकुरहरुसँगै अब शव खोज्न प्रशिक्षित कुकुरहरुलाई पनि परिचालन गरिएको छ । ‘म आशावादी छैन’ मियामी डेडेज अफिस अफ इमरजेन्सी म्यानेजमेन्टका निर्देशक फ्रयांक रोलासनले भने ‘तर हामीसँग आशा सधैं हुन्छ ।’ शुक्रबार अपरान्हसम्म केवल ४ जनाको मृत्यु भएको पुष्टि भएको छ । हराइरहेका मानिसहरुको संख्या १५९ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *