गण्डकीमा मन्त्रीहरुको अस्थायी कार्यविभाजन, मनाङेले अस्वीकार गरे खेलकुद मन्त्रालय
कठमाडाैं। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीहरुको कार्यविभाजन गरेका छन्। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीहरू कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालय तोकेकी हुन्।
दीपक मनाङ्गेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिन खोज्दा अस्वीकार गरेका छन्।
त्यस्तै जसपाबाट मन्त्री बनेका हरिशरण आचार्य पनि विना विभागीय नै छन् । मुख्यमन्त्री पोखरेलसँगै चार मन्त्रीले सपथ लिएका थिए।
गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment