गण्डकीमा ​मन्त्रीहरुको अस्थायी कार्यविभाजन, मनाङेले अस्वीकार गरे खेलकुद मन्त्रालय

डिसी नेपाल
१३ असार २०७८ १४:२४

कठमाडाैं। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीहरुको कार्यविभाजन गरेका छन्।  मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीहरू कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालय तोकेकी हुन्।

दीपक मनाङ्गेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिन खोज्दा अस्वीकार गरेका छन्।

त्यस्तै जसपाबाट मन्त्री बनेका हरिशरण आचार्य पनि विना विभागीय नै छन् । मुख्यमन्त्री पोखरेलसँगै चार मन्त्रीले सपथ लिएका थिए।

गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *