काँग्रेस नेता निधि भन्छन्, ‘गुट उपगुटले कांग्रेस कमजोर हुदैन’

डिसी नेपाल
४ मंसिर २०७५ ७:२४

धनगढी । गुट उपगुटले पार्टी कमजोर नहुने नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बताएका छन्।

मंगलबार धनगढीमा प्रेस युनियन कैलालीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्। बहुमत प्राप्त कम्युनिष्ट सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको निधिले आरोप लगाए। वर्तमान सरकार मुलुकमा शान्ति सुरक्षा कायम गर्न असफल भएको आरोप लगाए। प्रदेश प्रहरी ऐन समयमा नबन्दा प्रदेश सरकारले प्रदेशका जनतालाई सुरक्षा दिन नसकेको उनको भनाइ थियो।

उनले प्रदेश सरकारले पाउनु पर्ने अधिकार संघीय सरकारले आफैँसँग राखेको आरोप लगाए। अधिकार नपाउँदा प्रदेश सरकारका नाममा मात्र सीमित भएको बताउँदै उनले प्रदेश प्रहरीदेखि विभिन्न अधिकार केन्द्रले नै रोकेर राखेको भन्दै सरकारको आलोचना गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *