बालकुमारी घिमिरेको नयाँ गीत सार्वजनिक (भिडियाे)

डिसी नेपाल
१८ असार २०७८ ८:१३
84
Shares

काठमाडाैं। नेपाली साहित्य र संगीतमा रुचि राख्ने इलामकी बालकुमारी घिमिरेको नयाँ गीत सार्वजनिक भएको छ। हाल अमेरिकामा रहेकी उनको ‘मेरो जस्तो तिम्रो पनि थियो भने मन’ बोलको गीत सार्वजनिक भएको हो।

बालकुमारीका शब्द रहेको उक्त गीतमा कमल भट्टराईले स्वर दिएका छन्। संगीत पनि उनैले भरेका हुन्। प्रेम सम्बन्धमा प्रेमी–प्रेमिकाबीच समान अवस्था र सोचाइ नहुँदा कसरी भावनात्मक रुपले असर गर्छ भन्ने गीतले बोलेको छ।

करिब साढे चार मिनट लामो गीतमा भावना मिल्न नसक्दा बिछोडिनु परेको अनुभव पोखिएको छ। गीतका गायक भट्टराई प्रतिभाशाली कलाकार हुन्। हाल काठमाडौंमा रहेका उनी सुदेशा हाइस्कुल र लेन्डमार्क एकेडेमीका संगीत शिक्षकका रुपमा काम गरिरहेका छन्।

उनैले घिमिरेका शब्दमा संगीत भरेर गीतलाई कर्णप्रिय बनाएका छन्। अमेरिकामा रहँदा पनि घिमिरे उनी विभिन्न माध्यमबाट नेपाली साहित्यिक कार्यक्रमहरुमा सहभागी भइरहेकी हुन्छिन्। भर्चुअल माध्यमबाट हुने साहित्यका विभिन्न विधासम्बन्धी बहस र परिचर्चा कार्यक्रमहरुमा उनको सक्रिय सहभागिता हुने गरेको छ।

इलाम सदरमुकाममा क्याम्पस पढ्दाताका पनि उनी संघ संस्थामा सक्रिय हुनका साथै साहित्यिक–सांस्कृतिक कार्यक्रमहरुमा सक्रिय सहभागी हुने गरेकी इलामको नामसालिङकी घिमिरेको यो नयाँ गीतले यसो भन्छ:

मेरो जस्तो तिम्रो पनि थियो भने मन

त्यति राम्रो हाम्रो नाता टुटी जान्थ्यो किन?

दुई मुटु एक धड्कन जोड्ने हाम्रो कसम

घाइते मुटु अन्तै नाता गाँस्नु पर्थ्यो किन?

साँझ पख चौतारीमा भेट्ने हाम्रो बाचा

जाँदा जाँदै बीच बाटोमा हाँगा फाट्यो किन?


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *