पर्सिदेखि चाहिने जति कोरोना खोप आउने प्रधानमन्त्रीकाे दाबी

डिसी नेपाल
१८ असार २०७८ १३:३७
436
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सिदेखि चाहिने जति कोरोना खोप आउने बताएका छन्। नेकपा एमालेको केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले पर्सिदेखि चाहिने जति खाेप आउने बताएका हुन्।

‘अब भ्याक्सिनको समस्या छैन। पर्सिदेखि चाहिने जति भ्याक्सिन आउँछ। भारतबाट दोस्रो डोज नआउँदा समस्या भयो′, ओलीले भने, ‵केही दलका साथीहरूले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनु भनेर लबिङ गरिरहेका छन्।′

भारतबाट दोस्रो डोज नआउँदा समस्या भए पनि अब खोपको समस्या नहुने उनको भनाइ थियो। उनले विपक्षीहरूले देशलाई हिंसा र मुठभेडतर्फ लैजान खोजेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *